वर-वर नआऊ कान्छा दिलमा ठाउ छैन
पाना पाना पल्टाई हेर तिम्रो नाउ छैन।
लोलो पोतो नलाऊ धेरै नजीकमा आई
तिम्रो अघि लागि जाने मेरो दाउ छैन।
जे जे भयो बिर्से मैले अतितका सारा
मलम पट्टि लगाईसकें मनमा घाउ छैन।
आडम्बरी समाजको तिमी चै धनीमानी
गरिब दु:खी म जस्ताको त्यहाँ भाउ छैन।
तिम्रै मात्र लिंढेढिपी एकतर्फी प्रेमको
ब्याजको आशा हुन्न कान्छा जहाँ साउ छैन ।
तीर्थ “यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल,
हाल :बहराइन
२०६७/असोज/ १५
