Skip to content

रेखा कविता – २

  • by


शनिबारको कोसेली
रेखा कविता–२

म आत्माहरू बाल्न खोजिरहेको छु
मसित एउटा सरल रेखीय आत्मा छ
म त्यसमा दियो बाल्न खोजिरहेको छु
बाहिरको अन्धकारले छोपेर बाल्न दिदैन
मभित्रैबाट बाल्न खोजिरहेको छु
मभित्र ज्योतिको ढुकुटी छ
त्यो ढुकुटीबाट एउटा ज्योति निकाल्न खोजिरहेको छु
मजस्तै हुन् मान्छेहरू
उनीहरूसित सरल रेखीय, बक्र रेखीय आत्मा छ
ती सबै आत्मा नबलिन्जेल
मान्छे बल्दैन, समाज बल्दैन
समाज उज्यालो बल्न
मान्छेको आत्मा बल्नुपर्छ
म ती आत्माहरू बाल्न खोजिरहेको छु
म ती आत्माहरू बाल्न खोजिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *