Skip to content

बन्द कोठाभित्रै कति बस्छौ सानी

  • by


तिमी बन्द कोठाभित्रै कति बस्छौ सानी 
टप्प टप्प आँखाबाट कति खस्छौ सानी।
 
अन्याय र  अत्याचार सही बस्छु भन्दै
निर्धो बनी मनको गाँठो कति कस्छौ सानी।
 
निस्क अब विद्रोहको ज्वाला मुखी बनी
झुटा कुरा प्रपन्चमा कति फस्छौ सानी।
 
आफ्नै मन पोलाएर खरानी झैँ पारी
त्यसैलाई बिभुत सम्झी कति घस्छौ सानी।

तीर्थ (यात्री) पौडेल
लखनपुर ३, झापा, नेपाल
हाल:बहराइन
२०६७/६/१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *