यसपालीको दशैं टिको लाउन पाइन आमा
मुन्लानमा छु धेरै टाढा आउन पाइन आमा।
घरमा भएको सुको पिठो तुल्याएर खानु
आफ्नै हातले पकाएर ख्याउन पाइन आमा।
सबै सँगै बसी आज दुख सुख मिलाई
बिनायोमा झ्याउरे भाका गाउन पाइन आमा।
लहलह झुल्यो होला धान बेंसी फाँटमा
पात बजाउदै गाँउ बेंसी धाउन पाइन आमा।
तीर्थ यात्री
लखनपुर ३ झापा,नेपाल
हाल;बहराइन
२०६७/६/२५

धन्यवाद !!! गजलको लागि मनकै
धन्यवाद !!! गजलको लागि मनकै कुरा खोलिदिनु भएकोमा !!! म भोटे -गौरादह -४ झापा