Skip to content

बुकी फूल फुल्दा म फुलें लेकमा


बुकी फूल फुल्दा म फुलें लेकमा
हिउँ खोली तर्दै कति डुलें लेकमा !

घुम्दै आएँ रारा देखि च्छोरोल्पा सम्म
फूलमा भुल्ने भमरा झैं भुलें लेकमा !

कति राम्रो रैछ आहा! रुपै रानीको
मन मस्त भई म त झुलें लेकमा !

शिर माथि सगरमा हिमाल खुले झैं
गौरबले अग्लिएर खुलें लेकमा !

गुराँसको फूल टिपी राख्दै शिरमा
स्वदेशको माया मैले बटुलें लेकमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *