दशैंमा मार हान्न उदाएका
खुकुरी झैं हाँस्नु तिमी,
ती निर्दोष पशुहरूको रगत बगे झैं
मेरो आँसु बगे पनि।
लिङ्गे पिङ्का हरेक झड्कामा
क्षितिज चुम्नु तिमी
म बेसहारालाई नियतिले
ठगे पनि ।
कामना गर्छु तिम्रो
सपनाहरू सारा पुरा होस्
मेरो सपनाहरू
हुरी बतासले उडएरलगे पनि ।
सुन्दर शान्त अमर रहोस
तिम्रा ती महल
आँधी हुरीले
मेरो झुपडीको जग्गै डगे पनि ।
दशैंमा मार हान्न उदाएका
खुकुरी झैं हाँस्नु तिमी,
ती निर्दोष पशुहरूको रगत बगे झैं
मेरो आँशु बगे पनि।
राजेश रुम्बा लामा “अतृप्त”
