भगवान हाँसी रहेछ अपराधीहरू भन्छन्
सजाय फाँसी रहेछ अपराधीहरू भन्छन्
कैदी भयौं जुन दिन कारागारमा आयौं
मृत्यु बाँकी रहेछ अपराधीहरू भन्छन्
उसलाई के को चिन्ता घर परिवारको
सुकुमबासी रहेछ अपराधीहरू भन्छन्
यहाँ आएर थाहा भयो दुःख के हो
जिन्दगी विलासी रहेछ अपराधीहरू भन्छन्
प्रहरीले पनि समात्न इन्कार गर्छन्
धनु राशी रहेछ अपराधीहरू भन्छन्
वास्तवमा अपराधी हुनु ठिक होइन
मर्नु एक्कासी रहेछ अपराधीहरू भन्छन्
कपिल अन्जान
कोहलपुर – २ बाँके

wau k dami 6
wau k dami 6