तिमी थियौ र म थिएँ
चारै तिर हरियाली थियो
रंगी-बिरंगी फूल फुलेका थिए
अनि फूलहरुको माझमा
केवल तिमी र म आफ्ना
मिठो प्रेम साटी रहेका हुन्थ्यौ
तिमी थियौ र म थिएँ
मेरो सपना सजिएको थियो
मेरो अस्तित्व जीउदो थियो।
तिमी मेरो साथ् हुन्थ्यौ
मायाको फूल बर्साउथ्यौ
अँध्यारो पनि उजालो देख्थेँ
सबै चिज पाए जस्तो हुन्थ्यो
संसारकै भाग्यमानी हुँ भनि
गर्बले छाती फुलिन्थ्यो
तिमी थियौ र म थिएँ
म सधैं खुशीले हाँसेको हुन्थे
म तिम्रै रुप हेरेर बाँचेको थिएँ।
तर आज तिमी हराएकि छौ
मलाई छोडी टाढा भागेकि छौ
हाँसो खुशी सबै बोकेर हिडेकि छौ
धन दौलत भन्नु केवल माया थियो
त्यै पनि तिमीले खोसेर लगेकि छौ
त्यसैलेत बगैचाको फूल मुर्झाएका छन
हरियालीलाई डडेलोले निलेको छ
यो मुटुले पनि धट्कन छोडेको छ
जीबन मर्नु न जीउनुको दोसाधमा छ।।
