Skip to content

सुन्दर जिवन आशा गर्दै रम्ने वालापन मेरो
मायालुको संझनामा कल्पि रुने मन मेरो ।।
क्षितिजको घाम हेरी टोल्हाउने सँधै गर्दा
यादै यादमा डुविकन सुकिजाने ज्यान मेरो ।।
माया प्रेमको संसारमा नव पाईला टेक्दै
साईनो त्यसै विलाँउदा मासिई जाने धन मेरो ।।
खरानिको थुप्रो भित्र जलिसक्दा जिवन
हुरिवतास आईकन उडाउने च्यान मेरो ।।
आफ्नै संसार भताभुङ्ग पार्न खोज्दा पनी
वाधा आई नटुटाउने जवर्जस्ती ध्यान मेरो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *