Skip to content

साँझपख एकान्तमा

साँझपख एकान्तमा तिमीलाई भेटुँ लाग्यो
एक आपसको धैर्यताको रेखा मेटुँ लाग्यो ।।

सुन्दर रुपको बखान गरी अँगालोमा बेर्दै
मायाजालको सारङ्गीलाई सँधै रेटुँ लाग्यो ।।

तिम्रो रुपलाई डाह गरी हेरिरा’को देख्दा
आफ्नै हातले तिम्रो यौवन ढाकी छेकुँ लाग्यो ।।

नयन तिम्रा अँश्रुजलले ढाकिएको देख्दा
परेलीको ढकनीमा प्यारो संसार देखुँ लाग्यो ।।

सपनी र विपनीमा तिम्रो यादले रुवाउँदा
मायालुको संझनामा सानो गजल लेखुँ लाग्यो ।।

अन्तिममा तिम्रो माया झुट्टा भन्ने चाल पाँउदा
“बसन्त”लाई रोई रोई धरतीमा लेटुँ लाग्यो ।।

1 thought on “साँझपख एकान्तमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *