Skip to content

के गरेको ??


झुट्टा नाता जोडेर के गरेको
कोमल मुटु तोडेर के गरेको ??

दिएर हात सजिलोमा तिम्ले
अप्ठ्यारोमा छोडेर के गरेको ??

ओइल्यो डाली फुल्दैन फूल
अब लुत्तेझार गोडेर के गरेको ??

रुजएर त्यो झरी त्यो वर्षमा
अहिले छाता ओडेर के गरेको ??

जीवनमा सँगै चल्ने बच्छ गरि
तिम्लेपैला अन्तै मोडेर के गरेको ??

राज लामा
हाल दोहा कतार
लम्जुंग-सिम्पानी-९ बगैचा

1 thought on “के गरेको ??”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *