Skip to content
LaxmiPrasadDevkota


गुरुलाई आज सम्झेर एउटा झ्याउरेमा लेख्दै छु
तपाईलाई मेरो पथको गुरु आत्माले देख्दै छु
दुइ चार शब्द लेख्दै छु आज दक्षिणा चदाउन
बिचमा पुर्याई छोडेको नासो अगाडी बढाउन।

झ्याउरेमा लेख्यौ मुना र मदन अम्मर भयो त्यो
काब्य र कथा, कविता, गित भण्डार सरी भो
तपाइले खन्या बाटामा आज देख्दिन कसैलाई
कसरी बढाउ तपाइको शान सोध्दै छु आफैलाई।

सरल भाषा झ्याउरेमा गाउन सजिलो सारालाई
कसरी तिर्न सक्छु म अब गुनको भारालाई
गोढ मेल गर्न सिक्दै छु भर्खर मल जल लाएर
के गरौ अब आफैले भन्नुहोस नजिक आएर।

किताबको बिस्कुन लगाई शब्द उमार्ने धेरै छन
दुखीको आत्मा सक्दैनन् छाम्न लेखेर के गर्छन
झोपडी भित्र पसेर चित्र चिहाउनु पर्दछ
झुप्राको कथा आँखाको आँसु अमर बन्दछ।

भीरको बाटो हिड्दै छु म त सहारा दिने को
खुट्टामा तानी छेकबार लाउने दुनिया स्वार्थी भो
चढाए आज भक्तिले उनी शब्दको यो माला
साच्चै नै सुहाउने बनाउँछु एक दिन तपाईंको त्यो गला
साच्चै नै सुहाउने बनाउँछु एक दिन तपाईंको त्यो गला ।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा, नेपाल
हाल:बहराइन,
२०६७/७/१८

1 thought on “देवकोटाप्रति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *