Skip to content

बरु पलाँसको फूल मनपर्छ!

Ashma


ब्यस्त छ सडक बिहानै देखि
एउटा जान्छ फेरी अर्को आउछ
झिसमिसे यो बिहान
कुहिरोले डम्म डाकेको छ
तर प्रवाह रोकिदैन
समय गतिवान छ
ओहो! उज्यालो हुनै आटेछ
अबेर होला फेरि?!!

यसपटक
बाधा दिने छैन
मिरमिरेको कुहिरोले
तर अभिशेष दिने छ लाखौ शीत बिन्दुले
हो, मैले मेरै माटोमा
झाँगिएको फर्सीको वोट फाल्नु छ
ह्वात्तै बढेका छ जराहरु
गहिरिदै छन् जालो बनेर
उखेल्ने पर्छ हर प्रयास ले
किनभने,
चिसो जमिन झांगिएको
दुर्गन्धित फर्सीको फूल भन्दा
मलाई मेरै सुख्का डाँडामा फुल्ने
पलाँसको फूल मनपर्छ

हो पलाँसको फुल
जस्ले गर्छ स्वाभिमानी संघर्ष आधीं संग
झर्नै पर्छ झर्छ तर आत्म-सम्मानसंग !

http://ashmako.blogspot.com/2010/08/blog-post_21.html

5 thoughts on “बरु पलाँसको फूल मनपर्छ!”

Leave a Reply to आश्मा Cancel reply

Your email address will not be published. Required fields are marked *