फूल दिएँ काँडाको सट्टामा
बिष दियौ अमृतको बट्टामा
माया अचेल किनबेच हुँदैछ
चोखो माया सम्झेर रुँदैछ
स्वार्थी संसार
कठैबरा भनेर कस्ले भन्छ र ?
राज गर्यौ यो दिलमा बसेर
छोडी गयौ करौंती घसेर
किन स्वार्थी दुनियाँ यसरी
यो मनलाई बुझाउने कसरी
स्वार्थी संसार
कठैबरा भनेर कस्ले भन्छ र ?
गुनले खायो गुनलाई हजुर
तँलाई अब म खान्छु भनेर
धारे हात लगाउँदै भन्दछन्
रित्याएर मूल बाटो लाग्दछन्
स्वार्थी संसार
कठैबरा भनेर कस्ले भन्छ र ?
ओढाई रहें आफू चाहिँ नांगिएर
आफ्नै गए मबाट बांगिएर
दिइरहें आफूले बराबर
दिन छोडे पानीको बाराबार
स्वार्थी संसार
कठैबरा भनेर कस्ले भन्छ र ?
हुँदा खेरी दुनिया आफ्ना छन्
नहुँदामा चिन्दिन भन्दछन्
मान्छे स्वार्थी छन
बचाउन खोज्यो भने तै मर भन्दछन्
स्वार्थी संसार
कठैबरा भनेर कस्ले भन्छ र ?
तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
२०६७/७/२५
