अतित भन्नु मात्र हो
समय त बगिरहेछ
निरन्तर
अनौठो अनुभूति
बर्तमानको थालनीमा आएर
बगेको नदी फर्कदैन
समयले पर्खदैन
एक धर्सो गल्तीहरूमा
बिगतका काला भित्ताहरूमा
सनाखत हुन्छ
बलौटे यात्रा
पछ्यौरी ओडेर ।
निर्दयी नबन
तिम्रो उत्पिणन बुझ्छु म
जहाँ तिमीले
तिम्रा सबै अनुभुतिहरू
सम्पूर्ण आभास
अर्पण गरिरहेछौ
हार्दिक बनेर
इतिहास रचिरहेछौ
प्रलय तस्तै आँधी बनेर ।
अन्तरद्वन्द कठ्याङ्ग्रिरहेछन
खुम्चिरहेछन
अनि
फैलिरहेछन
मुटु निचोर्ने हातहहरू
निर्धक्क
सुक्का दिक्दारी पातहरू
झ्याङ्गिरहेछन
हुत्याइदिन मनलाग्छ
लहरालाई जरैबाट।
आयु नाप्ने
मापडण्ड भए
नापी सक्थ्यौहोला
मन्त्रहरूले मुक्तिदिन सक्तैनौ
शान्तिकामी हातहरूले
समयानुकुल
कालो रातमा
आतंक उदाउन सक्छ
बिसङ्गतिको
शोक गीत सहित
समवेदना तिमीलाई।
ब्रसेल्स,बेल्जियम
