Skip to content

अहँ, केही छैन खोट यो मनमा


अहँ, केही छैन खोट यो मनमा
तथापि छँदैछ चोट यो मनमा !

ठान्छु यो नियतिको खेल होला
उम्रन्न फूलको बोट यो मनमा !

लाग्छ मायाको चिजै यस्तो-
हुँदैन हाँस्ने अठोट यो मनमा !

पोखरा छाडेर टाढा हुँदा-
मस्किन्छ सरांगकोट यो मनमा!

बिर्सनु पर्ने कुरा सम्झेर –
आँसु’जल्छ निस्लोट यो मनमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *