एक टुक्रा बाँसलाई,
बाँसुरीको उपनाम दिंदै पिर्पिराउँथे,
सुनेर होला ती तोते आवाज बाँसुरीको,
वरिपरि चराहरू चिरबिराउँथे !
रन्काएसि बाँसुरी बन पाखा,
जिल खान्थे ठुल्ठुला पहाडरुपी गगनहरू,
सुनेर होला शायद बैशालु आवाज
सर्माउथे हर पवनहरू !!
डाह गर्थ्यो र त सुसाउँथे
मर्स्याङ्दी नदी पनि ,
नपाएसि फेर्नलाई भाका बाँसुरीले झैं,
ठुसाउँथे न्याउली चरीहरू पनि !!
मज्जा आएछ कि खै कुन्नि ?
आउँथ्यो चिल नि नाच्ने गर्थ्यो ,
सुम्सुम्याउन चाहन्थे होला खर्सुको पातले पनि मलाई,
फिरफिराउँदै हल्ली हल्ली आफै खस्ने गर्थ्यो !!
राजेश रुम्बा लामा ‘अतृप्त
