Skip to content

भैंसी बेचेर भिसा किन्छ सन्ते


भैंसी बेचेर भिसा किन्छ सन्ते
खाजा सामल सातु पिन्छ सन्ते !

भिरमा के फुल्थ्यो र जिन्दगी
भन्दै त्यो झीरमै उनिन्छ सन्ते !

मीठो मायाँ दमिनी साइँलीको –
अनि आमाको आश छिन्छ सन्ते !

गाउँघर छाडेर निस्कने बेला
गुमनाम आफ्नो देश चिन्छ सन्ते!

जब देशमा रेमिट्यान्स’भरिन्छ
तब देश सम्झेर रित्तिन्छ सन्ते !

3 thoughts on “भैंसी बेचेर भिसा किन्छ सन्ते”

Leave a Reply

Your email address will not be published. Required fields are marked *