Skip to content

यो हृदयभित्र तिम्रो अमिट छाप रहेछ

  • by


यो हृदयभित्र तिम्रो अमिट छाप रहेछ
जीवन रहेसम्म कैलै नमेटिने भए छ

अन्ध्यारो हुँदा नि देख्छु ममताको दियो
त्यही त मेरो जिउने एक आधार थियो

औधी मात्तिए छु म त्यो न्यानो मायामा
यो जीवन पुर्ण बनाउन खोजेछु छायाँमा

नियतिले चुँडाई अनयासै धेरै पर लग्यो
त्यही पीडाभावले आज धेरै आँशु बग्यो

हिक्मत जुटाई श्रद्धाले फूल चढाउँदै छु
संक्रमित जीवनमा साहस जुटाउँदै छु।

कस्तो दुर्भाग्य हो यो हुनै पाएन मिलन
जति सम्झिन्छु उति बडदै जान्छ जलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *