सपनाको महल बुनी पसे म त सहर
सिमित रह्यो सपनामै सखाप भयो रहर ।
भन्ने गर्थे सबै जना रमाइलो छ सहर
खै के रमाइलो हो सबको मरिरहेछ रहर ।
तडपिएर हिडन पर्ने कसको थियो रहर
पजेरो र चिल्लो कारमा घुम्दो रहेछ सहर ।
कहिले टीप्छु प्लास्टिक कहिले ख़ाली शीसी
किताब बोकी स्कूल जाने मलाई भयो रहर ।
बुझिदिने कोही भएन चाहना र रहर
तडपाएर छाडी देऊ धन्यवाद छ सहर ।
