दया माया नराखेरै शिकार छान्छन् शिकारीले
कहाँ मिल्ला सधैं पैसा हजुर भन्दा भिखारीले
दिई धोका तिमीलाई फसाएछन् कठै काली
सती तिम्रो नतोडी खै नछोड्ला यो मुरारीले
उमेरैको नशा हो यो मिठा रहर बढेका छन्
जवानी त्यो छिया होला नजरका यी कटारीले
लुकाएको मणी मोती फुटाएरै बुनौ माला
हिरा फोड्ने कसोरी हो छ जानेको जुहारीले
नभोगेको कहाँ होला नजानेको कतै तिम्रो
छु देखेको बिना कारण लजाएको पियारीले
