आहा
मिलेका शरीर
कसिला नितम्ब
सेता स्फटिक , सर्लक्क खम्बा
नयाँ रात, नयाँ कहानी
बैसले अनमत्त
मासुसँगको लुछाचुडी
शरीर शरीरको घम्साघम्सी
जोश, आतुर
थकित, चुर
भो, मलाई चहिएन
सबै त्यागी म टाढा-टाढा लादैछु
हो प्रिया,म मेरो बासनाको मलामी जादैछु
ओहो
मेरो भविष्य
सुनै-सुनले ढाकिएको लंका
सुखसयल,हासो,मस्ती
अग्लो शिर, अनी सफल ब्याक्ती
खुशी ,मिठो,आनन्दित
अहो मेरो भाग्य
रोमन्चित ,प्रफुल्ल
भरपुर आनन्द
यी सबै कुरा मिलाई काट्टो खाँदैछु
हो साथी, म मेरो सपनाको मलामी जादैछु
जय
हो भगवान
तिमी ढुङ्गा
निर्जिव,अचल ,मात्र ठोस
त्यसैको पनि जय होस्
यहाँ ढुङ्गा पुज्दै जय जय
होम गर्दै स्वाहा
तिमी महान
तिमीलाई नै भो सम्मान
तिम्रा ती पवित्र नामपनी पाखा सार्दैछु
हो भगवान,म तिमो आस्था-अर्चनाको मलामी जादैछु
