Skip to content


आज परिस्थिति र विवशताको
अनौठो पाटो बनी परदेश जादैछु
संघर्षले भरिएको मैदानभित्र
छातीभरि सम्झना बोकी लादैछु

हत्केलाका अर्थहीन रेखाहरूलाई
चुनौती दिंदै भाग्य कोर्न जदैछु
रहर र आकांक्षालाई खुम्च्याउदै
केवल निस्सासिएको मन लादैछु

अब कयौं मोड्हरूमा ठोकिनेछु
असुरक्षित जीवको बाटो बनी
रातमा पनि निदाउन डराउँछु म
अध्यारो संसारमा बिलाउँछु भनी

तै पनि मेरा निर्दोष आँखाहरूमा
अनगिन्ती सपना बोकी जादैछु
हरपल संकल्प लिएर मनमा
अथाह आकांक्षाको आकृति लादैछु

1 thought on “परदेश जाँदैछु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *