Skip to content


हिमालैचुली त्यो पल्लोपट्टि फुलेको बुकी छ
कसरी हाँसौ हे मेरी दिदी जीवनै दुखी छ ।

उकाली जाँदा त्यो रानी बनमा न्याउली करायो
चर्केको यो मन सम्झेर ल्याउँदा पहिरो चलायो ।
घरमा मेरी ती बुढीआमा सहारा टुकी छ
कसरी हाँसौ हे मेरी दिदी जीवनै दुखी छ ।

साहुको ऋण यो थाप्लोमाथि झन बोझ बढ्दै छ
प्यारीको आँशु बिदाइ पलको मुटुमा गाड्दै छ
बिदेशी माटो पसिना पोखे छिन मै सुकेछ
कसरी हाँसौं हे मेरी दिदी जीवनै दुखी छ ।

ती साना नानी नाचेको देख्छु आँखामा झल्झली
सम्झिंदा ऋण साहुको दिदी पसिना खल्खली
लक्षमा पुग्न आगाडी बढे पाइला रुकेछ
कसरी हाँसौ हे मेरी दिदी जीवनै दुखी छ ।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन,
२०६७/८/२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *