Skip to content


पैसा टिप्न आएको म त उँट चराउँदैछु
नेपाली हुँ भन्ने मेरो पहिचान हराउँदैछु
पैसा फल्छ बिदेशमा सुनी आको म त
जिउदो लाश भएको छु फर्की जान्छु अब

छोरो लाहुर भनी घरमा बाबुको छुटै रवाफ
कसो गरी बचेको छु के दिऊँ मैले जबाफ
भन्छन् बाबु हिंग नभए नि हिंग बाँधेको टालो
घाँटी हेरी हाड निलौ अब मेरो पालो

पसिनाको कमाई हजुर खै कतिलाई दिने
भए जति कुम्ल्याएर देख्छु सबै लिने
हात खोलिदिऊँ भने आफु हुने नाङ्गो
आफु नाँगिदिंदा पनि देख्छु मुखै बाङ्गो

आफ्नो औकात नभुलौं है चुह्लो बाल्नै पर्छ
साँझ बिहान जहानको छाक तर्ने पर्छ
सोह्र घण्टा खट्नुपर्छ बिदेशमा साथी
न त लाग्छ घाम यहाँ न त हुन्छ राति

पसिनाले बालुवालाई मुस्नु पर्छ यहाँ
दुख बिमार केही नभनी खट्नु पर्छ यहाँ
खोही काँहा छ भनी देउन पैसा फल्ने रुख
स्वदेशमा भन्दा पनि सयौ बढी दुख

यस्तो कुरा मनमा गुनेर
छन छन पैसा दलाललाई गनेर
नआऊ है कोही पनि बिदेशमा
सुन फल्छ हाम्रै स्वदेशमा

तिर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल,
हाल:बहराइन
२०६७८/१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *