प्रकृतिको नियम
जसलाई चाहेर पनि बदल्न सकिन्न
कति कठोर अनि निर्दयी छ !
जसले स्वयमलाई गुमाएर
उसको पलपलमा साथ दिने गर्थ्यो
आज उही टुहुरी भएकी छे ।
तर पनि उसलाई कुनै प्रवाह छैन
प्रकृतिको अन्याय सम्झी
जिन्दगीको अथाहा सपनाहरू पगुरी
अन्धकारमा लम्किन्छे
तर विडम्बना
उसको पिरमर्का कसैले बुझ्दैनन्
दश ठाउँ टालेको चोली लाएकी
शिशिर यामको सिरोटोसँगै
दुई हात फिजाई
जीवनको भिख मागिरहेकी थिई
हिजो पनि र आज पनि मागिरहेकी छे
तर माग्दा-माग्दै विलिन हुन्छे ।
विचरा उसको बच्चा
यताउती गरिरहेको छ ।
आमाले खानेकुरा दिन्छिन् भनेर
निद्रामा सयर गरेकी आमासँग
“आमा भोग लाग्यो!” भन्छ
चिच्याउँछ कराउछ बर्वराउछ ।
तर
आमाको निन्द्रा कहिल्यै नखुलेपिछ
रुदै आमाको छेउ बस्छ ।
बाटामा ओहोर दोहोर गर्नेहरूले
रोएको देखेर एकदुई पैसा दिन्छन्
त्यसैले पेट पुजा गर्दै ऊ
रत्नपार्कमा प्रतिक्षारत घडीमा
अझै देख्न सकिन्छ ।
यति मात्र हैन त्यहाँ
अन्धाकारमा बाच्नेहरू पनि देख्न सकिन्छ
इशारामा चल्नेहरू पनि देख्न सकिन्छ ।
जिउने जिन्दगीमा यस्तै-यस्तै
धेरै-धेरै देख्न सकिन्छ
यसलाई प्रकृतिको नियति अनि
बरदान ठान्नुपर्छ ॥
रवि थापा
फूलासी-५ रामेछाप

रविजी,
मझेरीमा युनिकोडमा
रविजी,
मझेरीमा युनिकोडमा लेखिएका रचनाहरू मात्रै प्रकाशित गरिन्छ। प्रीति या कान्तिपुर फन्टमा लेखिएका लेख/रचनाहरू पढ्न मिल्दैन। मझेरीमा छाप्नुअघि यी ठाउँहरूमा गएर युनिकोडमा परिवर्तन गर्न सकिन्छ ।
http://www.geoabc.com/
http://blog.xnepali.com/tools/nepali-symbol-font-preeti-to-unicode-converter/