शुभकामना दिनु पर्दैन नयाँ बर्षमा
आइपर्ने दु:खहरु टर्दैन नयाँ बर्षमा
फलोस् फुलोस भनेर कसैले भन्दैमा
सुकेको फुल रङ्ग भर्दैन नयाँ बर्षमा ।
शुभकामना दिनु पर्दैन नयाँ बर्षमा
आइपर्ने दु:खहरु टर्दैन नयाँ बर्षमा
फलोस् फुलोस भनेर कसैले भन्दैमा
सुकेको फुल रङ्ग भर्दैन नयाँ बर्षमा ।
प्रगती सफल होस् काम किन भन्छौ
बिना कर्म मोती झर्दैन नयाँ बर्षमा ।
हिड्नु पर्छ सहि तवर आफ्नो बाटो
बोलीले यहाँ खोली तर्दैन नयाँ बर्षमा ।
मेरो पनि कामना रोप बिज ठुलो होस्
पानी नहाली आफै सर्दैन नयाँ बर्षमा ।
-बुद्धि मोक्तान
ताप्लेजुङ्
दक्षिण कोरिया

lasso
asyang ramro 6 ..ajai pragatiko kamana..”atript'”