सारा शृष्टि रच्यौ तिम्ले कालीगढ बनी
बस्छौ फेरि कति मनै भित्र लुकी लुकी
मुर्छा परि खोज्दा पनि देखिन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
भाव सागर संसारमा जन्म गरायौ
हृदयको गुफा भित्र ज्योति जगायौ
भ्रीकुटीमा बास बस्यौ देखिन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
ग्राह गज राजलाई अङ्क माल गर्यौ
प्रभु, तिम्ले बिशाद्को दुख पनि हर्यौ
तिम्रो दया बिनु शान्ति पाईन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
शुभाशुभ पहिचान पनि गरायौ
कर्म अनुसारको फल दिलायौ
तिम्रो छाया हेर्ने कुनै ऐना पाईन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
