नभेटेरै नदेखे रै,मन मुटुमा बस्यो तिमी!
कहिल्यै पनि ननिस्किने,खिल बनि पस्यो तिमी!!
आँशु-हाँसो दिन्छौ तिमीले,शायद आफ्नो सम्झेर!
मायालुको डोरी बनि,कस्नु सम्म कस्यो तिमी !!
तिमी कहाँको उड्ने पन्छी,म त कहाँको धुलो !
कुनै बेला यसो लाग्छ,मेरै कारण खस्यो तिमी !!
सोच्छन सबै दुनियामा,आफ्नो भन्ने धनि होस्!
यो रुम्बा त गरिब छु,त्यसैले अब फस्यो तिमी !!
राजेश रुम्बा लामा “अतृप्त”
