नेट चलाएसि झ्याउकुमारी, झिना भएछे,
तल्लो गाउँकी हर्कमाया पनि, हिना भएछे !
आफ्नै न्वारन आफैं गरी, नाम फेरी फेरी
पल्लो गाउँकी लुरी पनि, लिना भएछे !!
भेटिन्छ कि साथी भनी, खोजें फेसबुक खोली,
सोझी जस्ती लाग्थ्यो तिउली, टिना भएछे !!
अरुलाई खोज्दा वाक्क लग्यो, खोजे आफ्नैलाई,
मेरी आमा हौ ! आफ्नै बुढी शान्ता पनि, सिना भएछे
राजेश रुम्बा लामा “अतृप्त”
