Skip to content

आज पनि यो साँझमा मैले खाना खाइन

  • by


आज पनि यो साँझमा मैले खाना खाइन
चामल किन्न गाकी आमा अझै पनि आइन

चाडपर्व दशै तिहार गाउँघरमा आए
हाँसो खुसी उमंगको कहिल्यै गीत गाइन

कालीकोटको जन्म हजुर यैं पाखुरा धस्छु
आँग ढाक्ने पुरा कपडा कैलै पनि लाइन

धेरै भयो शान्ति दिदी घरगाउँ छाडीगाकी
किन होला आफैं पनि हामी बिच छाइन

भोकमरी र हैजा लागी भाइले खुट्टा तान्दा
बर्ष दिनको दशै पनि मैले मान्न पाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *