आफ्नै पसिनाले माटो भिजाएर
हामीले उमारेको धानखेत
आँखाभरि लहलहाइरहेको बेला
टाढाबाट आइरहेको हुल
अनिष्टको संकेत दिइरहेको छ
उनी जोसुकै पनि हुन सक्छन्
धान लुटेराहरू पनि हुन सक्छ
संशयमा डराएर कसलाई गुहारने
म पनि आउँदै छु, तिमी पनि आऊ
आऊ हामी हाम्रा हातहरूलाई
हवामा खुकुरी झैं चमकाऊँ
सबैतिर साहसको गन्ध फैलिन दिेऊँ
आफ्नो मिहिनेतले उमारेको धानखेत
यसै कसैलाई लुट््न दिंदैनौं
भावना भरेर देशप्रेमको मुटु मुटुमा
प्रण गरौं हामी सबै एक भै
यसपाली सफल हुन दिंदैनौ
गुरुयोजना भिजिलान्तेहरूको ।
