Skip to content

मेरो घर उजाडेर कस्का घरमा पस्यौ तिमी

  • by


मेरो घर उजाडेर कस्का घरमा पस्यौ तिमी
घरको न घाटको पार्यौ बेहाल हेरी बस्यौ तिमी

माया पाए भन्थे तर पछीबाट छुरा हान्यौ
त्यतिले नि नपुगेर आज फेरि डस्यौ तिमी

तिमीसँगै जिउछु मर्छु भन्ने ठुलो धोको थियो
कात्रो ओढयाई पठाइदियौ चिता मेरो कस्यौ तिमी

डोलीभित्र सजाएर नौमतीमा ल्याउँछु भन्थे
तर मेरै लास जलाई शंख फुकी हाँस्यौ तिमी

स्वतन्त्र भै विजय उत्सव मनाएर बस्यौ होली
म मरेको तेह्रौ दिनमा हातमा मेहन्दी घस्यौ तिमी

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *