Skip to content

आफ्ना चाह मेटाएर जोवन लुकाई राख्यौ अरे

  • by


आफ्ना चाह मेटाएर जोवन लुकाई राख्यौ अरे
थाहै नदिई सुटुक्क आई कहिले माया चाख्यौ अरे

माया दिने साहाराको यादमा पर्खि बसेकोथे
त्यो देउराली डाँडामुनि प्रस्ताव राख्न डाक्यौ अरे

तड्पिएरै बाटो पर्खी मेरै यादमा बस्दा तिमी
ढिलो आउदा, मेरो जीवन उत्तेजनभई माग्यौ अरे

सिंदुर भर्न खालि सिउदो सजाउने वाचा दिए
खुशी भई त्यसैलेत बेहोसीमै जाग्यौ अरे

जे सोचेथ्यौ पायौ तिम्ले चोखो माया सजाउने
सिउदोभरि रिसगर्ने समाज तिम्ले नाघयौ अरे ।

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *