Skip to content

मेरो बाटो पर्खिएर ओठमा मुस्कान छर्दै होलिन्

  • by


मेरो बाटो पर्खिएर ओठमा मुस्कान छर्दै होलिन्
तस्विर हेरी आँसु पोख्दै घुक्क घुक्क गर्दै होलिन्

विछोडको वियोगमा मुर्छा पर्दै एक्लै बस्दा
याद आउदा मलाई हेर्न बेसि तिर झर्दै होलिन्

कहिले आउँछ आनन्दको दुई छाक खाउला भन्दै
भोक भोकै आधी पेटमा काम गरी मर्दै होलिन्

एक गास खान अनि ओत बस्ने खोजि गर्न
त्यो बर्खामा बास वस्न कतातिर सर्दै होलिन्

यो दुःखीको संसारमा ईश्वरको बास भए
विश्वासमा रित्तो घडा आउँछ भनि भर्दै होलिन्

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *