Skip to content


साँची साँची जिन्दगी यो जिउन सकिएन
एकै छिनको निस्सा सम्झी पिउन सकिएन

रात बित्छन् तारा गनी जूनको आश गर्दै
घातै घातमा पिल्सिएर ऊँघ्न सकिएन

आजकल त बर्षाद मात्र मन पर्छ खाली
के गर्नु खै यही बर्षादमा रुझ्न सकिएन

कल्पानाको तरङ्गमा टोलाँछु मात्र
सानो सानो बातमा पनि जुझ्न सकिएन

अदालतको कठघरामा उभिएछ जीवन
न त घर न त जेल बुझ्न सकिएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *