मेरा सबै खुसी हरी हाँस भन्छौ तिमी
मैले सुन्ने संगीत थुनी नाच भन्छौ तिमी
मैले फेर्ने श्वास थुनी बाँच भन्छौ तिमी
मैले जिउने जीवन पनि नाश गर्छौ तिमी
प्रेमको बन्धक बनाई मात दिन्छौ तिमी
दिवा सबै आफै लिई रात दिन्छौ तिमी
अमृतपान आफै गरी बिष दिन्छौ तिमी
विश्वास मेरा सबै लिई घात दिन्छौ तिमी
मौनतामा बाँधी मलाई वाचन गर्छौ तिमी
घाईते मलाई पारी लडाँई जीत भन्छौ तिमी
हृदय आज मेरो टुक्राई गीत गाउँछौ तिमी
सम्बन्ध यो हाम्रो फुटाई मित भन्छौ तिमी
बिना तामाङ्
काठमाण्डौं
