Skip to content

तिम्ले छाडी गएपछि मर्माहत छ -माटो


तिम्ले छाडी गएपछि मर्माहत छ -माटो
मल पानी नपाएर नातागत छ माटो !

उता बग्छ सस्तो तिम्रो खून पसिना
यता तिम्रै स्मृतिमा आहत छ माटो !

धान झुल्ने खेतमा काँस फुल्या‘छ
वनकरका दलको यहाँ विरासत छ माटो !

भो अब फर्की आऊ भन्छ लुम्बिनी
पाइला पाइला बुद्धको तथागत छ माटो !

दुख्दो होला तिम्लाई पनि च्वास्स मुटुमा
समय त बदलियो,यथावत छ माटो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *