बोलीकै टुनामुनाले ताली परर्र पार्नु भो !
तातो गोली पड्काएर मुटु थरर्र पार्नु भो !
जनतालाई नीरिह र मूल्यहीन बनाएर-
चिल्ला चिल्ला गाडीमा झन्डा फरर्र पार्नु भो !
बगलीमा छुरा रैछ’, मुखले राम राम!
मीठा मीठा कुरा गरी मनै सरर्र पार्नु भो !!
हत्केलामा उठेको ठेलाहरुको ज्याला माग्दा
लोभले दाँतबाट पसिना तरर्र पार्नु भो !
आफैं बोक्सी र फेरि आफैं झाँक्री बनेर-
हसाउँदा हसाउँदै आँसु बरर्र पार्नु भो !

ताली परर्र शरण आँसुलाई
नमस्कार !
सार्है राम्रो प्रयोग… सुन्न मिठो ।
शुभयात्रा
बाई