Skip to content


खुसी ?
यो महँगो छ
यो अमुल्य छ ।
किनेर पाइन्न
मागेर झन पाइन्न ।
किनकि यो
आफैंभित्र लुकेको छ
बाहिर खोजेर कहाँ पाइन्छ ?
कोही दौडिन्छन्
पैसामा खुसी भेट्न,
कोही दौडिन्छन्
चाहनामा खुसी रोज्न ।
एकैछिन खुसी खोज्ने
दौडलाई रोकी हेर
पैसा कति भ्रम हो
चाहना कति कुण्ठा हो ।
पैसा जत्तिको दुषित
संसारमा अरु के छ ?
कस्तो-कस्तोको हातमा
नाच्दैंन जाँदैन यो पैसा ?
यसको के भरोसा छ ?
यसको भरमा खुसी कहाँ ?
चाहना उफ् !
यो त झन असीमित छ
चाहनाको पछि लाग्दा
जीवनको बिश्राम कहाँ ?
खुसीलाई नचिन्दा
अन्तै भौतारिन्छ मान्छे
खुसीलाई नभेट्दा
बौलाउँछ मान्छे ।
तर अफसोच,
आफ्नै अन्तस्करणलाई
नियाल्दैन मान्छे
आफैले आफैलाई
चिन्दैन मान्छे ।
त्यसैले
ऊ खुसीको लागि पछि
दौडिरहेछ दौडिरहेछ
अन्तरात्मामा बसेको
खुसीलाई नभेटेर
हामी देख्दैनौ खुसी
हामी भेट्दैनौ खुसी ।
किनकि असन्तोषको
कालो बादलले
हाम्रो सोचलाई
धपक्कै ढाकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *