Skip to content

दोहोरी गीत (झ्याउरे छन्दमा)


केटी
हजुरको चिनो कुसुमे रुमाल मायाको निशानी
भिज्यो नि प्यारा सम्झेर आँसु पुछेर त्यही पनि
एकै छु यहाँ सम्झन्छु हर रातका कहानी
नभिजी कहिल्यै रहेन प्यारा रातमा शिरानी
प्यारा रातमा शिरानी ।

केटा
तिमीलाई सम्झी बेचैन छु म बिदेशी माटोमा
मन मेरो त्यतै रमाउछ प्यारी ढिंडो र आटोमा
तिमीलाई पनि सम्झन्छु प्यारी साँझ र बिहानी
मेरो नि कैले ओभानु छ र रातमा शिरानी
प्यारी रातमा शिरानी ।

केटी
साथमा हुँदा बुझिन कहिल्यै मायाको महिमा
छोडेर टाढा हजुर जाँदा मन स्थिरमा छैन
सम्झन्छु प्यारा जिस्कने बानी माफ गरी रिसानी
नभिजी कहिल्यै रहेन प्यारा रातमा शिरानी
प्यारा रातमा शिरानी ।

केटा
सम्झेर आज कोमल हात तनमा कुदाको
मनमा आउछ सम्झना ताजा खै कता छुदाको
अतित सारा मनमा खेल्छ, बेहोशी म पनि
मेरो नि कैले ओभानु छ र रातमा शिरानी
प्यारी रातमा शिरानी ।

केटी
यी साना नानी टोलाउछन सधै बसेर कोठामा
हे मेरो बाबा आउनुन भन्दै बोलाउछन फोटामा
सपना देखे हजुर आको शिरानी कसेनी
नभिजी कहिल्यै रहेन प्यारा रातमा शिरानी
प्यारा रातमा शिरानी ।

केटा
मन बुझाई बस दुई चार बर्ष म फर्की आउँछु
उकास्छु घर खेत साहुको मुखमा म बुझो लाउँछु
सम्झेर तिमी ती साना नानी बेचीनि म पनि
मेरो नि कैले ओभानु छ र रातमा शिरानी
प्यारी रातमा शिरानी ।

केटी
छोडेर आउनु होस बिदेशी माटो संगमा रमाउला
यही माटो खनी खोस्रेर हामी पसिना बगाउला
हिरा र मोती यहि फल्छ हजुर परिश्रम गरेनी
नभिजी कहिल्यै रहेन प्यारा रातमा शिरानी
प्यारा रातमा शिरानी ।

केटा
नलेउ पीर हे मेरी प्यारी मनमा लेउ धिरज
मनमा सोच साहुको ऋण बुझाउनु पर्दछ
गाउन र घर साथी र भाइ सम्झना भनेनी
मेरो नि कैले ओभानु छ र रातमा शिरानी
प्यारी रातमा शिरानी ।

तिर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन

1 thought on “दोहोरी गीत (झ्याउरे छन्दमा)”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *