Skip to content


कसैलाई माया गर्न खोज्दा घृणाको पत्रको संज्ञा दिइन्छ यहाँ
संगै संगै सधै भरि हिड्न खोज्दा बीच बाटो मै लडाईन्छ यहाँ

माया गर्छु माया गर्छु सत्य सत्य धारो धर्म भन्दा भन्दा थाकिसकें
सत्य कुरा भन्न खोज्दा झुठको खेल खेल्ने बनाइन्छ यहाँ

अब त थाक्न लागि सकेको छु सम्झौताको दुनियादेखि
संसारको कुना कुनामा पनि खोज्दा बिना अर्थ स्वार्थमा झुक्याइन्छ यहाँ

बिरेन्द्र चौधरी
दरख-४ निम्दी, कैलाली, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *