काँचो धागाको तानमा हत्यौरी बाट्छ – राजनीति
नेपाल उन्छु त्यसैमा भनेर ढाँट्छ – राजनीति !
अपराधभित्र हुन्छ ऊ, ऊभित्र हुन्छ अपराध
निरापराध मान्छेहरूलाई काट्छ – राजनीति !
कहिल्यै मायाँ लाग्दैन उल्लाई टिकुलियाको
टिकुलियालाई मिच्नेकै जुत्ता चाट्छ – राजनीति !
पाप कराउला धुरीबाट भनेर हेर्दा हेर्दै
पापै पापको बादल बनेर फाट्छ – राजनीति !
दुई शब्द बोल्छु भन्दै हजार गुड्डी हाँक्छ
जनताको पीर सँधै शब्दमा साट्छ – राजनीति !

Sadabahar bachan garirahu
Sadabahar bachan garirahu lagne gajal .