Skip to content



सक्छस् भने
गर, मेरो बलात्कार
आज
मलाई बलात्कृत हुने रहर जागेको छ ।
एउटा छुट्टै अकल्पित सँसारमा
रमाउने रहर जागेको छ
तर कुनै चार पाँचजना चिँखुरेहरूको
सामूहिक होइन
एउटै बलिष्ट विद्वानको बाहुपासमा
इच्छा अनिच्छा साँध नाघेर
एक रात बिताउने रहर जागेको छ ।
एउटा लौह पुरुषसँग
स्वच्छिक होइन
बलात्कृत हुने रहर जागेको छ ।
अनि सुन्
म बलात्कृत हुँदाहुँदै पनि
कुनै अनमिनको प्रार्थना शिविरमा गई
उजुरी गर्ने मनसाय राखेकी छैनँ
बलात्कृत भएको पीडा
कुनै छिमेकीको प्रतीक्षालयमा गई
बिन्ती गर्ने मनसाय राखेकी छैनँ
बरु एउटा पृथक सोच पालेकी छु
वर्षौँवर्षौँको अभिलाषा पालेकी छु ।
मलाई बलात्कार गर्ने
त्यो वीर पुरुषको वीर्यबाट
जन्मोस् एउटा सन्तान
जसको नाउँ
सुन्दर नेपाल राख्ने एउटा इच्छा पालेकी छु ।

कविडाँडा, भरतपुर, चितवन

मधुपर्क २०६७ फागुन
गोविन्द गोठाले विशेष

1 thought on “वर्षौं वर्षौंको अभिलाषा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *