Skip to content


अब फेरि त्यस्तो एउटा सपुत यहाँ जन्मिदेऊ
देशलाई बन्धक बनाउनेलाई समाई समाई रेटिदेऊ

अशान्त भो देश अनि राजनीति नि धेर भयो
उथल् पुथल गरी यहाँ शान्ति ल्याउन बेर भयो

पूर्व पश्चिम फर्कनेलाई जुटाउन कोही आऊ
देश बिगार्न एक हुनेलाई फुटाउन कोही आऊ

जुटाउन एकताको क्रान्तिकारी हात बनाऊ
हटी हैन डटी लड्न सब नेपाली एक बनाऊ

दन दन दन्काएर मशालको जुलुश ल्याऊ
तराई ल्याऊ पहाड ल्याऊ मधेश र हिमाल ल्याऊ

बत्ती ल्याऊ पानी ल्याऊ संबिधान र शान्ति ल्याऊ
फुट्न हैन १४ अञ्चल ढुङ्गा जस्तो एक बनाऊ ।।।

दुम्ब:मार्ग,सामाखुशी
२०६७-०७-०९,२०:१५
http://www.ananda-anandashrestha.blogspot.com

1 thought on “फेरि एउटा नायक आऊ”

  1. सर
    हजुरको लेखाई राम्रो छ ।

    सर
    हजुरको लेखाई राम्रो छ ।

    हजुरको भावनाको म कद्र गर्छु तर “मशालको जुलुश” ‍‍”सपुत” “नायक्” शब्दहरुले मेरो आँखा बिझायो ।

    हजुरको शब्दहरु मैले धेरै चोटि पढेँ तर मेरो प्रश्नको जवाफ यहाँ भेटिन ।

    हजुको शब्दहरु पढे पछि मेरो मनमा खुल्दुलि बढेर मलाई मेरो आत्माले प्रश्न सोधेका छन – नेपालमा नायिका आउँदा हुदैन र ? अनि मशाल नै किन ?

    हजुरलाई नयाँ बर्षको शुभकामना सहित
    बाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *