तिम्रो यादमा किन किन मेरो पोल्छ मन
तिमीलाई पनि यस्तै छ की कस्तो भा’छ मन,
घुम्टो खोली मुस्कुराउदै सुम्सुम्यादै हातले
सम्झानाले सताउदा कसो भन्छ मन,
चुमु चुमु लागिरहने तिम्रा लाली अधर
सपनीमा कहिले काही चुमु भन्छ मन,
बिपनीको बिहानीमा कोसै टाढा हामी
कस्तो रैछ पापी लीला भेटौं भन्छ मन,
