शहर बसी पढ्ने खर्च जुटाएर आएँ
रित्तिएछु आफैँ आँसु चुहाएर आएँ ।
गोप्यतामा भताभुङ्ग तनमात्र बाँकी
यो जीवनमा भएजती लुटाएर आएँ ।
लक्ष थियो शिक्षित भई ठूलै मान्छे बन्ने
लुटिएछु आफ्नै मुटु फुटाएर आएँ ।
मानवीय आसै आसमा जोडिएको नाता
निरास भयो जिन्दगानी छुटाएर आएँ ।
पुग्नखोजे चन्द्रलोक ‘गोर्खे’लौरी टेकी
जल, थल, बासस्थान टुटाएर आएँ ।
गजलकुटेरी, विशालमार्ग, नारायणगढ, चितवन ।

ऋषि प्रसाद (गोर्खे साइलो) दाइ
ऋषि प्रसाद (गोर्खे साइलो) दाइ , गजल राम्रो लग्यो.नियमित पढ्न पाउने अपेक्षा सहित…………….
शहर बसी पढ्ने खर्च जुटाएर आएँ
रित्तिएछु आफैँ आँसु चुहाएर आएँ
प्रकाश पौडेल माइला