Skip to content

बाढी पसेको सहर जस्तो मेरो बस्तीमा

  • by


बाढी पसेको सहर जस्तो मेरो बस्तीमा
छानो खसेको घर जस्तो मेरो बस्तीमा ।

भागबण्डामै भिडेका छन् सरदारहरू
निशाचरको डगर जस्तो मेरो बस्तीमा ।

जगभित्ता भत्काउने अभियान मात्रै चल्छ घरिघरि
सुनामीले उरालेको लहर जस्तो मेरो बस्तीमा ।

अभाव अनिकालकै रेला चल्छ सधैँभरि
नार्मदमा पलाएको रहर जस्तो मेरो बस्तीमा ।

मुटु हैन लोहोरा फलेका छन मान्छेभित्र
सुख्खा खोलाको बगर जस्तो मेरो बस्तीमा ।

उत्पीडनका नीलडाम मात्र देख्छु अनुहारमा
बाधा जीवनको कहर जस्तो मेरो बस्तीमा ।

मुर्कट्टा नाच मात्रै चल्छ सत्ताका मसानघाटहरूमा
अँधेरी रातको तेस्रो प्रहर जस्तो मेरो बस्तीमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *