खै कसरी अर्थ लगाऊँ म मित्रताको ?
मित्रताबाट मित्र अनि शत्रुतामा परिणत भएपछि
खै कसरी चिन्न सकुँ म अरुलाई ?
आफूले आफैलाई पनि नचिनेपछि
म कुन गोरेटोमा हिंडदैछु खै,
त्यो कसरी थाहा पाउन सकुँ ?
आन्धो सरी भएर अर्काको लाठी र
बैशाखी टेक्दै हिंडेपछि
म खै कसरी हाँसिदिनु र ?
मुस्कान दिने ओठहरूमा
रोदनले बास लिएपछि
अनि म कसरी बाँचिदिनु र ?
उराठ लाग्दो जीवनमा
साहारा दिने कोही नभएपछि
दिन पनि आज दिन नभएर
रात बनिसकेको छ;
भबिष्य पनि उज्ज्वल नभएर
आन्धकार बनिसकेको छ ?
त्यसैल दिन र रातको संगम
सन्ध्या भएझैं ?
मेरो जीबनको पनि
अन्त्य हुनेछ अत्यत:
मित्रताबाट तिमीले
हात धुयौ भने ।
