Skip to content
DungmaliBantawaRai


कृषि प्रधान देश र प्रकृतिको सुन्दर मेरो नेपाल
जनयुद्ध खेप्दै विना संविधान बनेको जेरो नेपाल ।

हामी वीर बहादुर हौं, नेपाललाई चिनाउने
फोर्कल्यान्ड्, कोशोभो र कारगिलका हेरो नेपाल ।

कहिल्यै बनिएनौ हामी शेक्सपियर र आन्सटाइन
बन्यौं त हामी चीन र भारतको घेरो नेपाल ।

सीमा, सुरक्षा शान्ति कहिल्यै भएन यहाँ
कुख्यात अपराधीहरूको बस्ने डेरो नेपाल ।

विदेशीलाई २०११ स्वागत गर्न खोज्दा
‘ओ सरी’ सोमालिया हुन लागेको तेरो नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *